लमजुङ, फागुन २३ गते । लमजुङ प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसी विजयी हुनुभएको छ। उहाँले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १७ हजार २२ मतान्तरले पराजित गर्नुभएको हो।

कुल ७५ हजार ४६० मतमध्ये केसीले ३३ हजार ८९८ मत प्राप्त गर्नुभयो। गुरुङले १६ हजार ८७६ र नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५९६ मत पाउनुभएको छ।

सम्बन्धित खबरहरु