नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। रामचन्द्र पौडेलले शीतल निवासमा आज आयोजित एक कार्यक्रममा नवनियुक्त १४ जना मन्त्रीलाई शपथ गराउनुभएको हो। बालेन्द्र शाह नेतृत्वको सरकारमा ५ जना महिला मन्त्री नियुक्त भएका छन्।
यसअघि आजै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले शपथ लिनुभएको थियो। प्रधानमन्त्रीको शपथ पहिलो पटक वैदिक–सनातन परम्परा झल्किने गरी गरिएको थियो। समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन गरेका थिए भने १०८ जना बौद्ध भिक्षु लामाहरूले शुभ–मङ्गल पाठ गरेका थिए।
यी हुन् मन्त्रीहरू:
- सुधन गुरुङ – गृह मन्त्री
- स्वर्णिम वाग्ले – अर्थ मन्त्री
- शिशिर खनाल – परराष्ट्र मन्त्री
- खडगराज (गणेश) पौडेल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
- दीपक साह – श्रम तथा रोजगार मन्त्री
- सस्मित पोखरेल – शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री
- प्रतिभा रावल – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री
- विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
- गीता चौधरी – कृषि तथा सहकारी तथा वन मन्त्री
- सोविता गौतम – कानून, न्याय तथा संसदीय मामिला मन्त्री
- सीता वादी – महिला तथा बालबालिका मन्त्री
- सुनिल लम्साल – भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री
- निशा मेहता – स्वास्थ्य तथा खानेपानी मन्त्री
- विक्रम तिमिल्सिना – सञ्चार तथा सूचना प्रविधि मन्त्री