कृष्ण जन्माष्टमीको शुभ अवसरमा अत्यधिक चर्चित कृष्ण भजन हरी सुन्दर नन्द मुकुन्दको नयाँ भर्जन सार्वजनिक भएको छ । बबिना भट्टराईको सुमधुर आवाजमा रहेको उक्त भजनमा भूषण खतिवडा, रविन रेगम, अनुमा चौधरीले कोरसमा साथ दिएका छन् ।
अकस्टिक स्टुडियोमा रेकर्ड भएको भजनलाई रुविन श्रेष्ठले रि-एरेन्ज गरेका छन् भने प्रकाश मिश्रले मिक्सिङ तथा माष्टरिङ गरेका छन् । भिडियोमा गायिका बबिनासंगै नब्स स्कूलका विद्यार्थीहरुको नृत्य तथा अभिनय रहेको छ। आशिष रुम्बाको कोरियोग्राफी तथा निर्देशनमा निर्मित भिडियोलाई मनोज चौहान र सरोज रंजितकारको छायाँकन गरेका हुन् । हिलिम प्रोडक्सनद्वारा निर्माण भएको उक्त भजन विणा भक्ति यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
