काठमाडौँ, असोज १५  गते । दशैंको टीकाको भोलिपल्टदेखि अतिभारी अर्थात आरिघोप्टे बर्षाको सम्भावना रहेको मौसमबिद्ले बताएका छन् । मौसम पूर्वानुमान् महाशाखाले गएराति विशेष बुलेटिन निकालेर असोज १७ गते पर्सिदेखि भारी हुँदै अतिभारी बर्षाको संभावना रहेको जनाएको छ ।

मौसमबिद् उज्जवल उपाध्यायले फेसबुकमा लेख्दै आउँदो शनिवार र आइतवारका लागि तय भएका सबै लामो दुरीका यात्रा स्थगीत गरी सुरक्षित बस्न आव्हान गर्नुभएको छ । मौसम पूर्वानुमान् महाशाखाले पनि असोज १७, १८ र १९ गते पर्ने पानीले बाढी, पहिरो, डुबान, कटानका कारण हवाई तथा स्थल यातायातमा प्रभाव पार्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनेको छ ।

यस्तो वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा क्षति पु¥याउने सम्भावना उच्च रहने जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो । उप्रेतीकाका अनुसार असोज २१ गतेसम्म पनि पानी पर्ने संकेत देखिएका छन् । असोज २१ गतेदेखि बेलुकादेखि भने प्रणाली कमजोर हुने र राति नेपालभर पानी पर्न रोकिने संभावना छ ।

सम्बन्धित खबरहरु