कात्तिक १६ गते । मकवानपुरको हेटौँडा–काठमाण्डौ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध छ । इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा हिजो बेलुकादेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक अवरुद्ध भएपछि काठमाण्डौबाट हेटौँडा र हेटौँडाबाट काठमाण्डौ आउनेजाने गाडी बीचबाटोमा रोकिएका छन् । पहिरो पन्छाउन समन्वय भइरहेको तर अहिलेसम्म काम शुरु नभएको उहाँको भनाइ छ ।सडक खुलाउन समय लाग्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ ।

सम्बन्धित खबरहरु