
कात्तिक १७ गते । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच चुनावी वातावरण बनाउन सहकार्य गर्नेबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले चुनावी वातावरण बनाउन संघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताए ।
मुख्यमन्त्रीहरूले चुनावको मुख्य चुनौती शान्ति सुरक्षाको विषय रहेकाले यसमा गम्भीरताकासाथ लाग्न सुझाव दिए । संघ, प्रदेश र पालिका सरकारले आपसी सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित काम गरेमा तोकिएकै मितिमा चुनाव गर्न सकिने उनीहरुको भनाइ छ ।
जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका संरचना पुनःनिर्माणका लागि संघ सरकारले नै प्याकेज ल्याउन मुख्यमन्त्रीहरुले सुझाव दिएका छन् मुख्यमन्त्रीहरुले खडेरी र अतिवृष्टिबाट प्रभावित किसानका लागि राहत घोषणा गर्न पनि माग गरेका छन् ।