काठमाडौँ, पुस १६ गते । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । यसैबीच, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, काठमाडौँ उपत्यकामा आज विहानको न्युनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस रहयो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम १६देखि १८ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान छ । आज बिहान ६ बजेर ५५ मिनेटमा काठमाडौँ उपत्यकामा झुल्किएको घाम भरे साँझ ५ बजेर १९ मिनेटमा अस्ताउने छ । आज उपत्यकाको मौषम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

सम्बन्धित खबरहरु