
पुस २० गते, काठमाडौं । चलचित्र महोत्सवमा देखाइने फिल्मलाई जाँच गर्नुपर्ने केन्द्रीय चलचित्र जाँच समितिको नयाँ नियमलाई खारेज गर्न चलचित्र महोत्सवका आयोजकले माग गरेका छन् ।
आइतबार समिति अध्यक्ष तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता उदयबहादुर रानामगरलाई भेटेर ७ वटा फिल्म फेस्टिभलका प्रतिनिधिले मागपत्र बुझाएका हुन् ।

मागपत्र बुझ्दै समिति अध्यक्ष रानामगरले उक्त नियम यसअघिदेखि नै कार्यविधिमा रहेको र यसलाई संसोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
२ पुसदेखि कार्यान्वयनमा आएको ‘चलचित्र जाँच सम्बन्धी कार्यविधि, २०८२’ को सातौं बुँदामा फिल्म फेस्टिभलमा प्रदर्शन गरिने फिल्मलाई पनि जाँच गर्नुपर्ने कुरा उल्लेख छ ।
किम्फ, निफ, हुमन राइट्स, आइवर्ट वुमन फिल्म फेस्टिभल, ग्रामीण चलचित्र, पामे फिल्म फेस्टिभल, काठमाडौं हरर फेस्टिभलका प्रतिनिधिले मागपत्र बुझाएका हुन् ।
