काठमाडौँ, फागुन २१ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ। बिहीबार साँझ मतदान सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार देशभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले देशभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गर्दै विस्तृत विवरण सङ्कलनको कार्य अझै जारी रहेको जानकारी दिनुभयो। उहाँले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहयोग र समन्वय गर्ने नेपाल सरकार, प्रदेश सरकार, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल तथा पर्यवेक्षकहरूप्रति धन्यवाद समेत व्यक्त गर्नुभयो।
निर्वाचन आयोगको प्रेस विज्ञप्ती:
