काठमाडौँ, फागुन २२ गते । काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल विजयी हुनुभएको छ। खनालले २७ हजार ७१९ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाउनुभयो भने नेकपा (एमाले)का अमनकुमार मास्केले ४ हजार ३७३ मत प्राप्त गर्नुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उद्धवराज भेटुवालले १ हजार २१८ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का हेमलाल शर्माले १ हजार २६० मत प्राप्त गर्नुभएको छ। विजयी खनाल पूर्व शिक्षामन्त्री समेत हुनुहुन्छ।