काठमाडौँ, फागुन २२ गते । काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ।

काठमाडौँ ८ का निर्वाचन अधिकृत सम्झना घिमिरेका अनुसार श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुमन सायमीले तीन हजार २१७ मत प्राप्त गर्नुभएको छ।

यस्तै, नेपाली कांग्रेसका सपना राजभण्डारीले दुई हजार ८३५, नेकपा (एमाले) का राजेश शाक्यले एक हजार ९०९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नविन शाहीले एक हजार ९०९ मत प्राप्त गर्नुभएको छ। विजयी श्रेष्ठ यसअघि मन्त्री तथा बागमती प्रदेश सभाका सदस्य समेत रहनुभएको थियो। यो जितसँगै उहाँ तेस्रो पटक जनप्रतिनिधि बन्न सफल हुनुभएको छ।

सम्बन्धित खबरहरु