काठमाडौँ, वैशाख २२ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन वैशाख २८ गतेका लागि आह्वान गर्नुभएको छ। मन्त्रिपरिषद्को सिफारिसमा सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा दुवै सदनको बैठक बस्ने तय भएको हो।

मङ्गलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार अधिवेशन बोलाइएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको जानकारी दिइएको छ।

सम्बन्धित खबरहरु