गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक भएको छ । ‘माया मारेर’ बोलको गीत धर्मेन्द्रकै शब्द तथा संगीतमा सार्वजनिक भएको छ ।
गीतको भिडियोमा धर्मेन्द्रसँगै जिवेश गुरुङ, अमु लामा र सार्थक सेवानको अभिनय छ । गीतको एरेन्ज सञ्जल बिटु भण्डारीले गरेका हुन् ।
सुमिना सिंहले निर्माण गरेको भिडियोलाई छेवाङ लामाले निर्देशन गरेका छन् । सञ्जित श्रेष्ठले खिचेको भिडियोलाई विजेश पौडेलले सम्पादन गरेका हुन् ।
भिडियो :