काठमाडौँ – सन्तोष अधिकारी अभिनीत तथा निर्देशित म्युजिक भिडियो ‘गहिरो थियो मेरो माया’ सार्वजनिक भएको छ ।
सनुप पौडेलको स्वर रहेको गीतमा अजय कुमार अधिकारीको शब्द तथा सङ्गीत रहेको छ भने चन्द सिंहले सङ्गीत संयोजन गरेका हुन् । भिडियोमा निर्देशक अधिकारीका अलावा निखिल बुढाथोकी, बाल कलाकार अभनीस देव अधिकारी र अर्चेरको अभिनय रहेको छ । निरञ्जन प्रधानको डिओपि रहेको गीतमा स्टोरमक्रो फ्रेम वर्क होबर्ट अस्ट्रेलियाको, सम्पादन तथा कलर करेक्सन रहेको छ ।