चितवन, फागुन २३ गते । चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रमुख निर्वाचन अधिकृतबाट विजयी प्रमाणपत्र ग्रहण गरेपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्र निर्माणलाई केन्द्रमा राखेर जिम्मेवारी पूरा गर्ने बताउनुभयो।
जनताले दिएको जिम्मेवारी पूरा गर्नु सहज नभएको उल्लेख गर्दै उहाँले लोकतन्त्रमा फरक मतको सम्मान गर्दै अघि बढ्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “हामी मात्तिएर होइन, संयमित भएर काम गर्नुपर्छ। प्रतिपक्षलाई होच्च्याउनु हुँदैन। लोकतन्त्रमा फरक मतको सम्मान गर्नुपर्छ।”