वासिङ्टन, फागुन २३ गते । अमेरिका–इजरायल र इरानबीचको युद्ध तीव्र बन्दै जाँदा मध्यपूर्वका विभिन्न क्षेत्रमा सैन्य गतिविधि बढेको छ। खाडी क्षेत्र, लेबनान, सिरिया र इराकमा विस्फोट, क्षेप्यास्त्र तथा ड्रोन आक्रमणका घटना भएका छन्।

दुबई र बहराइनको राजधानी मानामामा शक्तिशाली विस्फोट सुनिएको छ भने स्थानीय प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। यसैबीच अमेरिकाले इजरायललाई १२ हजार बम क्यासिङ बिक्री गर्न आपतकालीन स्वीकृति दिएको जनाएको छ।

इरानबाट क्षेप्यास्त्र प्रहार भएपछि इजरायलले हवाई आक्रमणको चेतावनी जारी गरेको छ भने लेबनान–सिरिया सीमामा पनि तनाव बढेको छ। युद्धका कारण तेल आपूर्तिमा असर पर्ने चिन्तासँगै कच्चा तेलको मूल्यसमेत बढ्न थालेको छ।

स्रोत : एएफपी

सम्बन्धित खबरहरु