काठमाडौं : कम्युनिस्ट शक्तिहरु एक हुनुपर्छ भन्दै जेठ ३, २०७५ मा एकता भएको घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट नजिक पुगेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुगेको पुष्पकमल दाहाल प्रचण्डले एक अर्कालाई कारवाहीको तयारी गरेपछि पार्टी फुटको संघारमा पुगेको हो।

राष्ट्रिय सभा गृहमा ६ बुँदे सहमति गरेर एक भएको पार्टीका दुई अध्यक्षको चर्को इगोका कारण पार्टीको अवस्था यस्तो अवस्थामा पुगेको बताइएको छ। पछिल्लो चरणमा दुई अध्यक्षको आरोपप्रत्यारोपका कारण प्रधानमन्त्री ओलीले आइतवार संसद विघटन गरिसकेका छन् भने आमचुनावको मितिसमेत घोषणा गरिसकेका छन्। लगत्तै प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले उनलाई कारवाहीको निर्णय गरेको छ। ओलीलाई थप कारवाहीका लागि आज बबरमहलस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय कमिटिको बैठक मंगलवार १ बजे बोलाएको छ भने ओली समूहले त्यसअघि नै ९ बजे बालुवाटारमा केन्द्रीय कमिटि डाकेका छन्।

नेकपाको पूस १ गतेकै स्थायी कमिटिले ५ गतेका लागि स्थायी कमिटि तय गरेको थियो। तर ५ गतेको स्थायी कमिटिले दुई दिन पर सारेको थियो। तर ओली समूहले सोमवारमात्रै केन्द्रीय कमिटी बोलाएको हो। प्रचण्डले आफूलाई कारवाही गर्न नसनक्ने दाबीसहित ओली समूह उल्टै प्रचण्डलाई कारवाही गर्ने तयारीमा रहेको बुझिएको छ।

सम्बन्धित खबरहरु