भारतको गुजरातस्थित सुरतमा ठूलो दुर्घटना भएको छ। कोसाम्बामा ट्रकले किचेर १३ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती सबै मजदुर थिए भने उनीहरू राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढमा बस्थे।

दुर्घटना गएराति किम-मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक भएको हो। फुटपाथमा सुतिरहेका उनीहरूमाथि ट्रक गुडेको हो। १२ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य ७ जना गम्भीर घाइतेको उपचार जारी छ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएकाे छ।

प्रहरीका अनुसार एउटा ट्याक्टरमा ठाेक्किएपछि अनियन्त्रित भएकाे ट्रक मजदुर सुतिरहेकाे फुटपाथमा चढेकाे थियाे।

सम्बन्धित खबरहरु