अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा आज (जनवरी २० तारिख) ७८ वर्षीय जो बाइडेनले शपथ ग्रहण गर्दै छन्। स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले जम्मा ३५ शब्दको शपथ खाने छन्।

यसपटक कोरोना महामारीका कारण अमेरिकाको राष्ट्रपति शपथ ग्रहण समारोह अघिल्ला वर्षमा जस्तो भव्य हुने छैन।यसपालिको समारोहमा हजारदेखि १२ सय जनासम्म मानिस सहभागी हुनेछन्।

अमेरिकाले आफ्ना राष्ट्रपतिको शपथ समारोह अमेरिकाले खतरा महसुस गरेको छ । किनकि बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारेर पनि सहज रूपमा स्वीकारेनन् भने आफ्ना समर्थकद्वारा हालै अमेरिकी संसद् भवनमै आक्रमण गराए। जसमा एक प्रहरीसहित ५ जनाको मृत्युसमेत भयो।

यसैकारण बाइडेनले शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका छन्।

अमेरिकाकाे सत्तामा बाइडेन भित्रिएसँगै आजदेखि डाेनाल्ड ट्रम्प भने ४ वर्षे कार्यकाल सकेर बाहिरिँदै छन्।

सम्बन्धित खबरहरु