बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् । पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमित दिन प्रतिदिन बढ्दै गएको बेला प्रधानमन्त्री जोनसनले यस्तो चेतावनी दिएका हुन् ।
प्रधानमन्त्री जोनसनले भनेका छन् कि यो भाइरस पहिलेको भन्दा धेरै नै खतरनाक छ त्यसैले सबै नागरिकले पहिलेको भन्दा अझ बढी सुरक्षा मापदण्ड अपनाउनुपर्ने हुन्छ । शुक्रबार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो धारणा राखेका हुन् । उनले यो भाइरस पहिलोपटक गत महिना मात्र इंग्ल्याण्डको केन्टमा देखिएको बताए ।
उनले सो क्रममा भनेका थियो कि नयाँ प्रजातिको भाइरस पुरानो भन्दा कम्तीमा पनि ७० प्रतिशत बढी संक्रमण फैलिने खालको छ । बेलायतमा कोरोना भाइरसको सक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै एक हजार आठ सय २० जनाको मृत्यु भएको समाचारमा जनाइएको थियो । बेलायतका स्वास्थ्य अधिकारीहरुले गत बुधबार मात्र यहाँ त्यति धेरै नागरिकको ज्यान कोरोना भाइरस सङक्रमणबाट भएको जानकारी दिएका थिएका हुन् । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेका केही सातायता धेरै जनाको ज्यान जान थालेको बताउने गरेका छन् ।