काठमाडौं – नेपाललाई चीनले कोरोना भाइरसविरुद्धको पाँच लाख डोज खोप अनुदान सहयोगमा दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताएका हुन् ।

शुक्रबार ज्ञवाली र वांगयीबीच आपसी हितका विषयहरूमा छलफल भएको नेपालको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञिप्तमा उल्लेख छ । चीनका विदेशले नेपालमा कोरोनाविरुद्धको पाँच लाख खोपको उपलब्ध गराउने घोषणा गरेका साथै चीनले कोरोनाविरुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने बताए ।

ज्ञवालीले सहयोगका लागि चीनलाई धन्यवाद दिएका थिए । चीनले यसअघि नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदान सहयोग गर्ने बताएको थियो ।

सम्बन्धित खबरहरु