प्रचण्ड–नेपाल नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। विघटित प्रतिनिधि सभाकी सांसद झाँक्रीलाई बिहीबार शंखमूलस्थित उनको निवासबाटै पक्राउ गरेको हो।

झाँक्रीलाई राज्यविरुद्धको कसुर मुद्दामा दफा ५८ अनुसार पक्राउ पुर्जी थमाइएको प्रहरीले जनाएको छ।

उनले केही दिन पहिले गोरखामा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा राष्ट्रपतिलाई सो पद र राष्ट्रकै सर्वोच्च संस्थाको गरिमा कायम राख्न आग्रह गरेकी थिइन्।

सम्बन्धित खबरहरु