काठमाडौँ – नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पाँच घण्टा हिरासतमा राखेर छाडेको छ।
झाँक्री पक्राउको विरोधमा चौतर्फी बिरोध र दबाब परेपछि प्रहरीले उनलाई बिहीबार साँझ रिहा गरेको हो।
गोर्खाको एक आमसभामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध गरेको भाषणलाई लिएर झाँक्रीलाई बिहीबार बिहान शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो।