आज (आइतबार) देखि कोरोना भाइरसविरुद्ध पहिलो चरणको दोस्रो खोप अभियान सुरु हुँदैछ।

पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो अभियान फागुन ८ गतेसम्म देशका ७७ वटै जिल्लामा चल्ने छ।

कोरोना भाइरसविरुद्धको खोप अभियानमा पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिलाई सरकारले आजदेखि खोप उपलब्ध गराउन लागेको हो ।

यो अभियान अन्तर्गत स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैकका कर्मचारीलाई खोप लगाइने छ।

यसअघि पहिलो चरणको पहिलो प्राथमिकतामा सफाइ तथा स्वास्थ्य कर्मचारी, स्वास्थ्यकर्मी र पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप दिइएको थियो ।

यो चरणमा पहिलो प्राथमिकतामा परेपनि खोप लगाउन छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयमसेविका, एम्बुलेन्स तथा शवबाहन चाकलहरुलाई समेत खोप दिइनेछ ।

सम्बन्धित खबरहरु