अस्पतालको परामर्श शुल्क बढाएको भन्दै स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ। नेपाल चिकित्सक संघ र एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन)ले डाक्टरको परामर्श शुल्क बढाएको थियो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले छलफल नै नगरी बढाएको शुल्क मान्य नहुने बताए। ‘मिति २०७४ माघ ४ गते यस मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नुपर्ने तथ्यलाई नबुझी एक्लौटीरुपमा नेपाल चिकित्सक संघ र एफिनद्वारा वृद्धि गरिएकव परामर्श शुल्कप्रति मन्त्रालयक सहमति नरहेको व्यवहोरा जानकारी गराइन्छ। यसअघि मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितले गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको अवस्थामा र मन्त्रालयसँग थप कुनै पनि परामर्श शुल्क वृद्धि गर्ने कार्य अवस्था रहँदै। तसर्थ आवश्यक थप गृहकार्य र मन्त्रालयसँग परामर्श गरीमात्र यस किसिमको निर्णय गर्न उचित हुन्छ,’ गौतमद्वारा लिखित विज्ञप्तिमा भनिएको छ।
नेपाल चिकित्सक संघ र एशोसियसन अफ प्राइभेट हेल्थ इन्सिच्युसन नेपाल (अफिन) ले चिकित्सकहरुको परामर्श शुल्क पुनरावलोकन सिफारिस समितिले १ वर्षअघि सिफारिस गरेको परामर्श शुल्क कार्यान्वयन नभएको भन्दै आजदेखि आफैँ कार्यान्वयन गर्ने निर्णय गरेका थिए। शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई नै आधार मानी परामर्श शुल्क तोकेर फागुन ५ बाटै लागू गर्ने निर्णय संघले जनाएको छ।
जसअनुसार एमबिबिएस र बिडिएस चिकित्सकहरू ५ वर्ष अनुभव भएकाले ३७० र ५ वर्षभन्दा बढी अनुभव भएकाहरूले ४५० रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन्।