काठमाडौँ – नेपालमा थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २७३४३१ पुगेको छ।

पछिल्लो अपडेट अनुसार १४९४ जना सक्रिय संक्रमित पुगेका छन् ।

पछिल्लो २४ घन्टामा ३३२५ जनाको पिसिआर परिक्षण गरिएको छ।काठमाडौं उपत्यकामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आजै थप १२१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो संगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या २६९८७६ पुगेको छ।

सम्बन्धित खबरहरु