काठमाडाैं– यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) जेठ १३ देखि २४ गते सम्म सञ्चालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले २०७८ जेठ दोस्रो हप्ता परीक्षाा सञ्चालन गर्ने निर्णय गरेको हो।
याे वर्ष काेरोना भाइरसको कारण परीक्षा २ महिना ढिलो हुने भएको हाे। यसअघि चैतको पहिलो सातादेखि नै एसईइ परिक्षा सुरु हुने गरेको थियो। कोराना भाइरसको कारण नयाँ शैक्षिक सत्रकाे कक्षा गत पुसदेखि मात्रै भौतिक उपस्थितिमा सुरु भएको थियो ।
त्यस्तै, कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुनेछ ।
गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।