चीनले अनुदान दिएको ८ लाख डोज कोरोना खोप आज (सोमबार) नेपाल ल्याइँदै छ।

आइतबार बेइजिङ पुगेको नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज खोप लिएर आज राति आइपुग्ने भएको हो।जहाज स्थानीय समयानुसार अपराह्न साढे ४ बजे बेइजिङबाट उड्नेछ र राति साढे ८ बजे काठमाडौं आइपुग्ने छ।

चीन सरकारले कोरोनाविरुद्ध ‘भेरासेल’ खोप नेपाललाई सहयोग दिएको हो। त्यहाँको सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसम्म भण्डारण गर्न सकिने विज्ञले बताएका छन्। यो खोपका दुई मात्रा लगाउनुपर्छ। विभिन्न परीक्षणले चिनियाँ खोप भेरासेल भारतबाट ल्याइएको कोभिसिल्डभन्दा बढी प्रभावकारी देखाएको विज्ञको दाबी छ। तर भेरासेल कोभिसिल्डभन्दा महँगो छ।

यसअिघ भारतले पनि नेपाललाई १० लाख डोज कोभिडसिल्ड खोप दिएको थियो।

सम्बन्धित खबरहरु