काठमाडौँ – भारतको छत्तीसगढस्थित बिजापुर जिल्लामा शनिबार माओवादी र सुरक्षाकर्मी बीच भएको भिडन्तमा परी हालसम्म २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने ३१ जना सुरक्षाकर्मी भने घाइते भएका छन् । यस्तै एकजना सुरक्षाकर्मी भने सम्पर्कविहिन रहेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

सुरक्षाकर्मी र माओवादीबीच त्यहाँ ४ घन्टासम्म दोहोरो फायरिङ भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । छत्तीसगढ राज्यको राजधानी रायपुरबाट ४०० किलोमिटर टाढा रहेको बिजापुर उक्त घटना भएको हो । भिडन्तपछि नक्सलवादीहरुले करिब २ दर्जन बढी हतियार पनि लुटेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ । सो भिडन्तमा ९ जना माओवादीको पनि मृत्यु भएको सुरक्षा अधिकारीहरुले दाबी गरेका छन् ।

सम्बन्धित खबरहरु