काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन् ।
२४ घण्टामा देशभर थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७५४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ।
पछिल्लो घण्टामा ४,७७४ पीसआर र १२३ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ५४ जना क्वारेन्टिनमा छन् ।
संक्रमण हुने ७७३ जना छन् ।