काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन बीबीसीको प्रभावशाली महिलाको सूचिमा परेकी छिन्। बीबीसीले मंगलबार सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचिमा म्याग्दीकी १८ वर्षीया सपना पर्न सफल भएकी हुन् ।

यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

सपनाले करिब ३० भन्दा बढी बेवारिसे शव आफैले जलाइसकेकी छिन् । सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना समेत खुवाउँदै आएकी छिन् ।

सम्बन्धित खबरहरु