काठमाडौं – शनिबार मुलुकमा ८,१६७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १८७ जनाको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ९७१ वटा पीसीआर र ५७७ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ५ हजार ४५५ जना निको भएका छन् ।
कूल संक्रमित संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ । मृत्यु हुनेको संख्या ४८५६ पुगेको छ । निको हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ ।
सक्रिय संक्रमित संख्या १ लाख ९ हजार ९४० पुगेको छ ।