फुटबल लिजेण्ड डिएगो म्याराडोनाको निधन भएको छ । सबैका प्रिय खेलाडी म्याराडोनाको हृदयघातका कारण ६० वर्षको उमेरमा निधन भएको बिबिसीले जनाएको छ । अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको यही महिना मात्र ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया भएको थियो।
सामाजिक सन्जालमा सार्वजनिक एक विज्ञप्ति मार्फत अर्जेन्टिना फुटबल संघले म्याराडोनाको निधन प्रति गहिरो शोक व्यक्त गरेको छ ।