काठमाडौं – सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्णप्रसाद पौडेललाई नियुक्त गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक रहेका डा. पौडेलले मन्त्रायलको प्रवक्ता समेतको जिम्मेवारी पाएका हुन् ।

यसअघि मन्त्रालयको प्रवक्ता रहेका डा. जागेश्वर गौतम कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख कार्यकारी अधिकारी नियुक्त भएपछि मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी रिक्त रहेको थियो ।

डा. पौडेलले यसअघि कान्ति बाल अस्पतालको निर्देशकको रुपमा पनि सेवा गरिसकेका छन् ।

सम्बन्धित खबरहरु