देशभर पछिल्लो २४ घण्टामा ६६५३ जना कोरोना संक्रमित थपिएका छन् । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ८६६३ जना निको भएका छन् भने थप १०१ जनाको निधन भएको छ । यो संगै मृत्यु हुनेको संख्या ७७३१ पुगेको छ।