चीनले दोस्रो पटक अनुदानमा दिएको कोरोना खोप आजबाट देशभर लगाइँदै छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार आजबाट सुरु हुने खोप कार्यक्रममा काठमाडौं उपत्यकाका ६० देखि ६४ वर्ष समूहका र उपत्यका बाहिरका जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइँदै छ ।
तिब्बतसँग सिमा जोडिएका जिल्लामा भने १८ देखि ६४ वर्ष उमेर समूहकालाई नै दिइने महाशाखाले जानकारी दिएको छ ।
यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीका नर्सिङ्ग तथा प्यारामेडिक्स र बिरामीको जाँचमा प्रत्यक्ष सहभागी हुनेहरूलाई पनि पहिलो डोज दिइने जनाइएको छ ।