देशभर आज २७४५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४९ जनामा पिसिआर परीक्षण गरिएकोमा १६८१ लाई पोजेटिभ देखिएको थियो भने ५८४१ को एन्टिजेन परीक्षण गरिएकोमा १०६४ मा पोजेटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ४१८७ जना कोरोनाबाट निको भएका छन्।
त्यस्तै ४१ जनाको कोरोनाबाट मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ८ हजार ५०६ जनाको मृत्यु भएको छ।