देशभर आज २६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार जम्मा १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ (पीसीआर) र २४ हजार ५६ (एन्टिजेन विधिबाट) पुगेको छ ।

यस्तै २ हजार १४१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाको निधन भएको छ ।

यस्तै हालसम्म ४ लाख ४५ हजार बढी संक्रमण मुक्त भएका छन् ।

सम्बन्धित खबरहरु