काठमाडौं पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६६७७ जनामा पिसिआर परीक्षण गरिएकोमा १४२१ पोजेटिभ देखिएको थियो भने ४२४९ को एन्टिजेन परीक्षण गरिएकोमा १०२१ मा पोजेटिभ देखिएको थियो।
देशभर पछिल्लो २४ घण्टामा ३४५६ जना कोरोनाबाट निको भएका छन्।
यस्तै आज ५१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।