पछिल्लो २४ घण्टामा थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा धौलागिरी अस्पतालबाट पुराना मितिमा भएका परीक्षणहरु एकमुष्ट रुपमा प्राप्त भएकाले प्रतिवेदनमा एकमुष्ट समावेश गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १६ हजार ९१३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।
यही अवधिमा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । हालसम्म ८ हजार ८१३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ बाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।
काठमाडौं उपत्यकामा आज ४७६ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा ३१०, ललितपुरमा ९९ र भक्तपुरमा ६७ जना रहेका छन्।