२१ मंसिर, काठमाडौं । यातायात व्यवसायीहरुले आगामी मंसिर २५ गतेदेखि सवारी साधनमा लगाइएको जोरविजोर प्रणाली हटाउने तयारी गरेका छन् ।
कोरोना महामारी कोभिड १९ का कारण गत चैत ११ देखि बन्द भएको सार्वजनिक यातायात भदौं १ गतेदेखि जोरविजोर प्रणाली लागू गरी सञ्चालन हुँदै आएको थियो । सार्वजनिक यातायात प्रति सरकार गैरजिम्मेवार भएको भन्दै मजदुर र व्यवसायी मिलेर मंसिर २५ गतेबाट जोरविजोर प्रणाली हटाउन लागेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
सार्वजनिक यातायातमा यात्रुको चाप बढेकाले यात्रु र व्यवसायीको सहजताका लागि जोरविजोर प्रणाली हटाउन लागिएको हो । यसका लागि महासंघ कोभिड १९ संकट व्यवस्थापान केन्द्र सिसीएमसीलाई सार्वजनिक यातायातहरुको समस्याबारे छिट्टै निर्णय गर्न पत्र पठाएको महासंघले जनाएको छ्।