काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १९२० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ३००७  संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खबरहरु