काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २४४४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २४४४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाडौं जिल्लामा ३५५, ललितपुरमा ११२ र भक्तपुरमा ४७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ३८५३ संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ ।