काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २६३६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १७२८ र ४४८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २६३६ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाडौं जिल्लामा ३०२, ललितपुरमा १०० र भक्तपुरमा ५६ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ४३४८ संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।