काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २८९२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१७८ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी २८९२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाडौं जिल्लामा ४३६, ललितपुरमा ८९ र भक्तपुरमा ४७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ३५९७ संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ ।