काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २७६० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३० जना गरी २७६० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४०१७ संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ ।

यो सहित कोरोनाका कारण निधन हुनेको संख्या ९ हजार १४५ पुगेको छ।

सम्बन्धित खबरहरु