अमेरिकाले उपहारस्वरुप उपलब्ध दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । सोमबार कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले पठाएको खोप नेपाल आइपुगेको हो।

अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपलब्ध गराएको हो ।

यो खोप एक मात्रा लगाए पुग्ने खोप हो । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो ।

नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन् ।

सम्बन्धित खबरहरु