देशभर पछिल्लो २४ घण्टामा २६७६ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार ७६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

यस्तै थप १ हजार ७५७ जना कोरोना संक्रमित निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६२ हजार ५७० पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६ हजार ८६७ जना पुगेको छ ।

यस्तै निको हुनेको कुल संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ भने मृतकको संख्या ९ हजार ४६३ पुगेको छ ।

सम्बन्धित खबरहरु