काठमाडौं – पछिल्लो २४ घन्टामा थप २८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २८३८ जनामा संक्रमण पुष्टि भएको हो। १२ हजार ६ सय १६ परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

८ हजार ७ सय १५ जनाको पीसीआर परीक्षण गर्दा ११०९ सय १८ र एन्टिजेन विधीबाट ३ हजार ९ सय १ जनाको परीक्षण गर्दा ९ सय २० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सो अवधिमा ३० जनाको मृत्यु भएको छ। त्यस्तै १४७५ डिस्चार्ज भएका छन्।

यस्तै पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा ६९७ काेराेना संक्रमित थपिएका छन्।

उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ६९७ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हाे।

थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ४९० जना रहेका छन्। यसैगरी भक्तपुरमा ७९ र ललितपुरमा १२८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित खबरहरु