काठमाडौँ – नेपालमा थप २९७७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १९८२ र एन्टीजेन परिक्षणबाट ९९५ गरि कुल २८७७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६१३ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी ४१० जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ६९ र ललितपुरमा १३४ संक्रमित थपिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६७८ जना संक्रमण मुक्त भएका छन् ।  देशभर अहिले ३३५ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १३६९८ पिसिआर र ३६१० नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ६६१ पुगेका छन् ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा २ हजार ६७८ जना रहेका छन् भने होम आइसोलेसनमा २४ हजार ४८३ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ६८२ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९६७९ पुगेको छ ।

सम्बन्धित खबरहरु